HomeFeatureविश्वासको मत लिन नदिने गरी विदेशी शक्तिकेन्द्रले सरकार ढाल्ने खेल खेलेको ओलीको...

विश्वासको मत लिन नदिने गरी विदेशी शक्तिकेन्द्रले सरकार ढाल्ने खेल खेलेको ओलीको आरोप

काठमाडौं, 7 जनवरी 2023

एमाले अध्यक्ष केपी ओलीले यो सरकारले विश्वासको मत नलिँदै ढाल्ने खेल शुरु भएको बताएका छन् ।  नेपाल मार्बल व्यवसायी संघको दशौँ अधिवेशनमा सम्बोधन गर्दै ओलीले बाह्य शक्तिको इच्छाविपरीत नेपाली आफैँले सरकार बनाएपछि अस्थिरता बढाउन विदेशीले विश्वासको मत नपाउँदैदेखि ढाल्ने खेल खेलेको आरोप लगाएका हुन् ।

उनले भने, ‘स्थिरता हुनै नदिने गरी अस्थिरता थोपरिएको छ । स्थिरता फर्काउन खोजेपछि हामी खुशी हुनुपर्छ । तर, बाह्य शक्तिको इच्छाविपरीत फेरि पनि नेपालीले आफैँले सरकार गठन गरे । देख्दा सानो कसको के भयो, को प्रधानमन्त्री भएर के मतलब भन्ने हुनसक्छ । जस्तो भए पनि आफूले बनाउने की अर्कोलाई बनाउन दिने ? नेपालीले सरकार बनाएपछि बाहिरी शक्ति आत्तिएका छन् । बाहिरी शक्तिको खाइनखाई दौडधुप छ । हाम्रो देशको यत्रो चासो किन ? विकासमा चासो नहुने, अरु कुरामा चासो नहुने । सरकार बन्न पाएको छैन’।

‘विश्वासको मत लिन नदिने, विश्वासको मत नपाओस् भनेर लागेका छन् । अर्को अस्थिरता होस् भन्ने, बनाउने र सधैं सरकार फेर्ने, बनाउने–ढाल्ने खेलमा नेपाली अल्झिरहुन् भनेर लागेका छन् । आज एउटा दलाल बनाउन पाइन्छ भनेर खोज्ने । म दलाल बन्छु हजुर भन्नेलाई टिका लगाइदिने । यस्तो बीचमा हामीले चुनावपछि नयाँ सरकार बनाएका छौँ । यस सरकारकाले समृद्ध नेपाल सुखी नेपाली बनाउन लाग्छ ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...