काठमाडौं, 10 जनवरी 2023
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने नेपाली काँग्रेसको निर्णयको स्वागत गरेका छन् । दोस्रो दिनको संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेसले निर्णयबाट डेमोक्रेसीको नयाँ भाष्य स्थापित भएको बताएका हुन् । काँग्रेसले प्रतिपक्षको नभई सहकार्यको भावना राखेको उल्लेख गर्दै ओलीले त्यसलाई आफूले स्वागत गर्ने बताए ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेपछि सरकार राष्ट्रिय जस्तै भएको भन्दै नयाँ परिभाषा गर्नुपर्ने बताएका छन् ।
उनले भने, “नेपाली कांग्रेसले समर्थन गर्यो भने राष्ट्रिय नै भइसक्यो । प्रतिपक्षी नै छैन । यो नयाँ परिभाषाका साथ जानुपर्यो । सरकारले गल्ति कमजोरी गर्यो भने हामी सरकारभित्रै भएकाले पनि विरोध गर्छौं । कांग्रेसको भूमिका त्यति नै भयो ” ।









































