काठमाडौं, 10 जनवरी 2023
नेकपा एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गफ हुने तर काम नहुने गरेको भन्दै गफाडी संस्कारलाई बोकेर नबढ्न प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको भन्दै उनले नेताहरूलाई ‘गफाडीका राजा’ भन्ने गरेको टिप्पणी गरे ।
उनले भने, ‘गाफाडीका राजा पनि हामीलाई भन्ने गरिन्छ । मात्रै गफ गर्ने तर काम नहुने परिपाटी छ ।त्यस्तो गफाडी संस्कारलाई बोकेर नबढ्नुहोला ‘ । उनले नेपालमा भ्रष्ट्राचार एउटा निकै ठूलो समस्याको रुपमा रहेको भन्दै निर्धारित समयमै काम नहुँदा विकास निर्माणको काम पछाडि परेको बताए । उनले भ्रष्ट्राचारको नीतिगत कारण, परिणाम र निवारण कसरी गर्ने भन्ने कुरामा ध्यान दिन दाहाललाई सुझाव दिएका थिए ।
उनले राजनीतिक इच्छाशक्तिको कमीका कारण भ्रष्ट्रचार बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।









































