HomeFeatureनेपालको नयाँ सरकारसँग काम गर्न अमेरिका इच्छुक छ: थम्प्सन

नेपालको नयाँ सरकारसँग काम गर्न अमेरिका इच्छुक छ: थम्प्सन

काठमाडौं, 12 जनवरी 2023

अमेरिकी राजदूत डिन थम्प्सनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको चरणमा रहेको र यसले नेपालको विकासमा महत्त्वपूर्ण सहयोग गर्ने बताएका छन् । काठमाडौं उत्रिएको तीन महिनापछि कूटनीतिक मामिलाका पत्रकारसँग बुधबार कुराकानी गर्दै राजदूत थम्प्सनले नेपालीको जीवनस्तर उकास्नका लागि अमेरिकाले सधैं काम गरिरहेको बताए ।

‘नेपालकै चाहनाअनुसार यहाँ एमसीसी परियोजना आएको हो, यसले नेपालको पूर्वाधार निर्माण गर्नुका साथै कम्तीमा 10 हजार जनालाई रोजगारी दिन्छ,’ उनले भने, ‘अमेरिकाले एमसीसीबाट मात्र होइन, यूएसएआईडीमार्फत पनि नेपाललाई 5 वर्षका लागि 650 मिलियन अमेरिकी डलर सहयोग गरेको छ । अन्य सहकार्यका कार्यक्रम पनि छन् ।’

उनले यी सम्पूर्ण कार्यक्रमले नेपालको स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तन, खाद्य सुरक्षालगायत जनजीवनलाई उकास्ने बताए । उनले एमसीसीअन्तर्गतको सबस्टेसन निर्माणका लागि नुवाकोटको रातमाटेमा र सडक निर्माणका क्रममा दाङमा भइरहेका केही समस्याप्रति आफू अवगत रहेको सुनाए ।

राजदूत थम्प्सनले नेपालको नयाँ सरकारसँग काम गर्न अमेरिका इच्छुक रहेको पनि बताएका छन् । उनले भविष्यमा दुई मुलुकबीचमा उच्चस्तरीय भ्रमणका लागि पनि आफूले पहल गर्ने प्रस्ट पारे । उनले दुई मुलुकका नेताबीच कूटनीतिक प्रक्रियामा मात्र नभएर व्यक्तिगत रूपमा पनि सम्बन्ध हुनुपर्ने प्रस्ट पारे ।

नेपालले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा सहभागी नहुने निर्णय गरे पनि यसले दुई मुलुकबीचको सहकार्यमा फरक नपर्ने बताए । नेपालले आफैं उक्त कार्यक्रममा सहभागिता जनाउन चाहेको र पछि आफैंले सहभागिता नजनाउने भनेको उनको भनाइ थियो । उनले नेपालमा कुनै पनि अमेरिकी सेना नआउने प्रस्ट पारे । राजदूत थम्प्सनले नेपालको राजनीतिक प्रक्रियामा अमेरिकाको संलग्नता नहुने बताए ।

अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतिबारे नेपालमा अर्कै रूपमा व्याख्या भएको उनले बताए ।

 ‘त्यो भनेको इन्डो प्यासिफिक पोलिसी हो । अमेरिकाले यो क्षेत्रमा लिएको नीति हो ।’ उनले तिब्बती शरणार्थीको मामिला संवेदनशील रहेको उल्लेख गरे । तिब्बती शरणार्थीको मामिलामा नेपालले खेलेको भूमिकाको पनि उनले प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...