दिल्ली, 14 जनवरी 2023
उत्तर कोरियाकी सबैभन्दा सुन्दर भनिने नायिका वू इन ही को पहिलो तस्बिर हो। उत्तर कोरियाका शासक किम जोङ इलको र नायिका वू इन ही को प्रेम कहानी ७० को दशकको हो । किम जोङ इल र वू इन नै गोप्य सम्बन्धमा थिए । वू इन हीलाई एक रेडियो जकीसँग प्रेम बस्यो जसबारे शासक किम जोङ उनलाई थाहा भयो । यो धोकाको परिणाम यति पीडादायी थियो कि थाहा पाउने सबै चकित पर्छन् । किम जोङ इलले वू इन हीलाई आफ्नो सम्बन्धको खुलासा र धोका दिएको आरोपमा मृत्युदण्ड दिए । ६ हजार व्यक्तिको अगाडि वू इन हीलाई १ सय २० पटक गोली हानियो । इतिहासको पानाबाट वू इन हीको नाम यसरी मेटाइयो कि न त उनको परिवारबारे कुनै जानकारी छ, न उनी जन्मिएको मिति कसैलाई थाहा छ, न नै मृत्यु भएको । सबै तस्बिर र जति पनि फिल्ममा उनले काम गरिन्, सबै मेटाइए ।









































