HomeFeatureराष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा अनुभूति गरेको छु : प्रधानमन्त्री

राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा अनुभूति गरेको छु : प्रधानमन्त्री

काठमाडौं, 14 जनवरी 2023

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ४४ औँ प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभामा आफूलाई असाधारण विश्वास प्राप्त भएको बताएका छन् । गोरखाका कम्युनिष्ट नेता भुवनप्रसाद श्रेष्ठको जीवन दस्तावेज कम्युनिष्ट आन्दोलनका प्रेरक ‘भुवन दाइ’ पुस्तक विमोचन गर्दै मुलुकको प्रधानमन्त्रीको रुपमा आफूले पाएको विश्वासलाई गौरव र चुनौती दुवैरुपमा लिएको बताए ।

‘यसपटक म प्रधानमन्त्री त भएँ । तर विश्वासको मत लिँदा यस्तो असाधारण परिस्थिति बन्यो कि मैले संसद्मा असाधारण विश्वास पाएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘मैले त राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको रुपमा आफूलाई अनुभूति गरेको छु । यसलाई थप जिम्मेवारी, गौरव र चुनौतीपूर्ण अवसरको रुपमा बुझेको छु ।’

 ‘अहिले म ४६ वर्षपछि गोरखाकै जनप्रतिनिधिको रुपमा निर्वाचित भएर देशको प्रधानमन्त्री बनेको छु । अब यहाँको बुढीगण्डकी जलविद्युत्‌देखि बेनीघाट–आरुघाट सडकको कुरा होस् या अरु विकासको कुरा होस् । यी कुराहरूमा मेरो विशेष ध्यान छ । मैले यहाँको जनप्रतिनिधि नहुँदा पनि यी विषयमा मेरो ध्यान थियो, अब त झन् हुन्छ,’ उनले भने ।

सो पुस्तकमा श्रेष्ठले प्रधानमन्त्रीले शिक्षकको रुपमा गोरखामा बिताएको समयको संस्मरणसमेत समेटेका छन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले ४६ वर्षपछि आफू गोरखाको जनप्रतिनिधिको रुपमा प्रधानमन्त्री बनेको बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...