काठमाडौं, 18 जनवरी 2023
यति एयरको विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये काठमाडौं ल्याइएका शवहरुको पोष्टमार्टम भइरहेको छ ।
पोखराबाट काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइएका ४८ वटा शवको परिक्षण भइरहेको अस्पतालले जनाएको छ । शव पहिचानमा कठिनाइ भएकाले डीएनए परीक्षण गरेर आफन्तजनलाई बुझाउने तयारी गरिएको छ ।
मृतकका आफन्तलाई आवश्यक जानकारी र समन्वय गर्न शिक्षण अस्पतालमा प्रहरीको सहायता कक्ष स्थापना गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका मध्ये २२ जनाको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।
काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान अवतरणअघि नै दुर्घटनाग्रस्त भएको थियो। 72 जना सवार विमान दुर्घटनामा 71 जनाको शव भेटिएको छ।









































