पोखरा, 18 जनवरी 2023
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा फ्रान्सेली विज्ञ टोली आएको छ। एटिआर विमान दुघर्टनाबारे अध्ययन गर्न विमान निर्माण कम्पनीको तर्फबाट ९ सदस्यीय टोली नेपाल आएको हो। मंगलबार साँझ आएको टोलीले बुधबार बिहानैदेखि दुर्घटनास्थलमा अध्ययन गरिरहेको छ। टोलीले दुर्घटनाको कारण र विमान निर्माणमा त्रुटि भए/नभएको जाँच गर्ने जनाइएको छ। दुर्घटनालगत्तै नेपाल सरकारले पनि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग बनाएको थियो। आयोगका सदस्यहरू पनि जाँचबुझका लागि घटनास्थलमा छन्। पोखरा महानगरपालिका- ७ र १५ जोड्ने मितेरी पुल नजिकै आइतबार बिहान विमान दुर्घटनामा परेको हो।









































