काठमाडौं, 18 जनवरी 2023
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने बताएका छन्।
“अहिले धेरै टिप्पणी गर्न जरुरी छैन । किनभने, अहिले सभामुखको निर्वाचनको समय हो । त्यसपछि राष्ट्रपतिको विषयमा कुरा हुनेछ,” उनले भने, “फरक ढंगले हामी गइरहेका छौँ । केही समयपछि शीतलनिवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नुहुनेछ ।”
‘वर्तमान सत्ता गठबन्धन भत्कन्छ वा कसरी राष्ट्रपति कांग्रेसको प्रस्तावको व्यक्ति निर्वाचित हुन्छ ?’ भन्ने प्रश्नमा उने सबै कुरा बताउने समय नआएको जवाफ दिए ।
उनले अहिलेको संसदको शक्ति सन्तुलन र प्रधानमन्त्रीले पनि सबैलाई मिलाएर लैजाने प्रतिबद्धताका आधारमा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुने विश्वास व्यक्त गरे ।









































