दिल्ली, 20 जनवरी 2023
मलेसियाको क्वालालाम्पुरबाट काठमाडौंका लागि उडान भरेको सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको आरए ४१६ विमान त्रिभुवन विमानस्थलमा अवतरण हुन नसक्दा कोलकाता फर्काइएको छ। मलेसियाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको न्यारोबडी जिपिएसमा समस्या देखिएका कारण सिमराबाट भारतको कोलकाता डाइभर्ट भएको खुलेको छ ।
निगमका एक पाइलटका अनुसार मलेसियाबाट फर्कने क्रममा उक्त न्यारोबडीमा उपलब्ध दुई जिपिएसमध्ये एक जिपिएसले काम गरेको थिएन । ‘एउटा जिपिएस फेल्युर भएका कारण आरएनपी–एआर एप्रोच नगरी डाइभर्ट कोलकाता डाइभर्ट गरिएको हो,’ ती पाइलटले भने ।
काठमाडौंबाट बिहीबार राति १० बजे मलेसियाको राजधानी क्वालालमपुरका लागि उडेको निगमको विमानमा दुई सेट (चार जना) पाइलट थिए । तीमध्ये तीन जना आरएनपी–एआर प्रणाली सर्टिफाइड थिए ।









































