काठमाडौं, 21 जनवरी 2023
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विगतमा आफूले बोलेका हरेक शब्दको हेक्का रहेको बताएका छन् । मिडियामा आफ्नोबारे आएका समाचारहरूको जवाफ दिँदै आफूले समाचारको ‘हेडलाइन’ बदल्न नसकेपनि जनतालाई आफूले गरेको बाँचाको हेक्का राख्दै जनताको ‘लाइफलाइन’ बदल्न मेहनत गरिरहेको बताएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजो बोलेका हरेक शब्द शब्दको हेक्का छ’
‘भोट माग्दा गरेका बाचाहरुको हक्का छ । उनले मिडियाको हेडलाइन बदल्न नसक्ने भए पनि जनताको लाइफलाइन बदल्न मेहनत गरिरहेको बताएका छन् । यद्यपि धुलो धेरै भएकाले थोरै समय पर्खिनुपर्ने उनको भनाइ छ । लामिछानेले भनेका छन्, ‘मिडियाको हेडलाइन म बदल्न सक्दिन । तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनुचाहिँ पर्छ ।’
उनले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नेकपा एमालेका सांसद् लक्ष्मी महतो कोइरीलाई कारबाहीको लागि कुनै पहल नगरेको आरोप थियो। यद्यपि, शुक्रबार प्रतिवादी महतोलाई पक्राउ गर्नका लागि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।









































