काठमाडौं, 24 जनवरी 2023
कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बालिका सुत्केरी भएपछि एक भारतीयविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको हो । बेलौरी नगरपालिका–८ को कलकत्तामा ३ माघमा बालिकाले शिशु(छोरा) जन्माएको घटना सार्वजनिक भएको छ । ढिलो गरी सूचना आएपछि प्रहरीले घरमै गएर छानबिन थालेको थियो ।
प्रहरीका अनुसार बालिकाले जन्म दिएको शिशु कसको हो ? भन्ने खुलेको छैन । ईलाका प्रहरी कार्यालय बेलौरीकाअनुसार स्थानीयबासिन्दाको दबाबपछि बालिकाका आमाबुवा भारतीय नागरिक विरुद्ध किटानी जाहेरी दिएका छन् । इप्रका बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले भारतको बरेलीका दयाराम गुप्ताको शिशु भएको दाबी गर्दै उनी विरुद्ध किटानी जाहेरी दर्ता गरिएको बताए ।
प्रेम सम्बन्ध गाँसेर विवाहको लागि भन्दै भारत लैजाँदै गर्दा सीमामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । वैशाख १८ गते इलाका प्रहरी कार्यालयमै गुप्तासँग विवाहको लागि भारत जाँदै गरेको परिवारका सदस्यहरूले बयान दिएपछि १९ गते परिवारको जिम्मा लगाइएको थियो ।अहिले बलात्कारआरोपी गुप्ताको भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूबीच सहमतिमै सम्बन्ध भएर बच्चा जन्मिएको भएपनि बालिकाको उमेरका कारण भारतीय नागरिक गुप्ताविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ ।









































