HomeFeatureआज भारतमा ७४ औं गणतन्त्र दिवस मनाइँदै

आज भारतमा ७४ औं गणतन्त्र दिवस मनाइँदै

दिल्ली, 26 जनवरी 2023

आज भारतको ७४ औं गणतन्त्र दिवस हो। भारतले विभिन्न कार्यक्रमको आयोजना गरि ७४औँ गणतन्त्र दिवस मनाइरहेको छ। यसै अवसरमा राजधानी नयाँ दिल्लीस्थित कर्तव्यपथमा सरकारले भव्य कार्यक्रमको आयोजना गरेको छ। इजिप्टका राष्ट्रपति अब्देल फतेह अलसीसी यस वर्षको प्रमुख अतिथि छन् । इजिप्टका राष्ट्रपतिलाई कार्यक्रममा सहभागी हुन निम्तो दिइएको यो पहिलो पटक हो । भारत र इजिप्टले यस वर्ष आफ्नो कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको उत्सव मनाउँदैछन्।

बुधबार अलसीसी राष्ट्रपति भवन पुगेका थिए। त्यहाँ उनले राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए। इजिप्टका नेताको यो भ्रमण भारत–इजिप्ट सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण मानिएको छ।

सो अवसरमा इजिप्टको सेनाले पनि परेड गर्नेछ। इजिप्टका १४४ जना सेनाको टुकडी पनि आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सन् १९५० मा आजकै दिन (जनवरी २६) मा भारत गणतन्त्र घोषित भएको थियो।  भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो। तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो।

भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापित गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो।​

त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ। संविधानले भारतीय नागरिकलाई आफ्नो देशको सरकार आफैं चुन्न सक्नेलगायतका लोकतान्त्रिक व्यवस्थाहरू स्थापित गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले राष्ट्रिय युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गरे। राष्ट्रपति द्रौपदी मुर्मुले चाँडै नै कर्तव्यपथबाट गणतन्त्र दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नेछिन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...