HomeFeatureविद्यार्थीहरुलाई दिए भारतीय प्रधानमन्त्री मोदीले जिन्दगी बनाउने टिप्स

विद्यार्थीहरुलाई दिए भारतीय प्रधानमन्त्री मोदीले जिन्दगी बनाउने टिप्स

दिल्ली, 27 जनवरी 2023

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीमा आयोजित ‘परीक्षा पे चर्चा’ को छैटौँ संस्करणमा विद्यार्थी, शिक्षक र अभिभावकहरूसँग कुराकानी गरेका छन् ।

उनले आलोचना गर्नु राम्रो कुरा रहेको बताउँदै तर कतिपयले आलोचना गर्ने नै बानी बसाल्ने र नियत नै अर्कै हुने भएकाले त्यसमा ध्यान दिनुपर्ने बताए ।

परीक्षा अघि प्रम मोदीले विद्यार्थीहरूलाई टिप्स दिँदै भने, ‘कहिलेकाँही यो महत्त्वपूर्ण हुन्छ कि आलोचक को हो ? जो आफ्नो मान्छे हो भने उसले भनेका कुरालाई तपाईँ सकारात्मक रुपमा लिनुहुन्छ । तर जो आलोचक बाहिरिया हो या तपाईंलाई त्यो मन पर्दैन भने उसका कुरा सुन्दा रिस उठ्छ । तर यदि आलोचकले आलोचना गरिरहने बानी नै बसाल्यो भने त्यसलाई बेवास्ता गर्नुस्, किनभने उसको नियत केही अर्कै हुन्छ ।’

उनले थप भने, ‘केही मानिसहरूको लागि कडा परिश्रम तिनीहरूको जीवनको शब्दकोशमा अवस्थित छैन । कोहीले कठिनपूर्वक स्मार्ट काम गर्छन् भने कोही चलाखीपूर्वक स्मार्ट तरीकाले कडा परिश्रम गर्छन् । हामीले यी पक्षहरूका सूक्ष्म भिन्नताहरू सिक्नुपर्छ र सही परिणाम पाउनका लागि तदनुसार काम गर्नुपर्छ।’

राजनीतिमा मानिसले जतिसुकै चुनाव जिते पनि हार्नु हुँदैन भन्ने दबाब चारैतिरबाट हुने बताउँदै उनले भने ‘के हामीले यस्ता दबाबहरुबाट दमित हुनुपर्छ ? आफ्नो काम र गतिविधिमा केन्द्रित रहनुभयो भने यस्तो संकटबाट सजिलै बाहिर निस्कनुहुनेछ।’

‘मेहनती बालबालिकालाई कडा परिश्रमको हुन्छ तर कोही भने चोरेर आफ्नो काम सफल गर्छन् । मूल्य-मान्यतामा आएको यो परिवर्तन समाजको लागि खतरनाक छ,’ उनले भने, ‘अहिले जीवन परिवर्तन भएको छ, संसार धेरै परिवर्तन भएको छ। आज हरेक पाइलामा परिक्षा दिनुपर्छ। नक्कल गरेर जिन्दगी बनाउन सकिँदैन ।’

उहाँले चोरी र छलछाम मानवमूल्यका लागि खतरनाक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...