काठमाडौं, 30 जनवरी 2023
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन मिति तोक्ने तयारी गरेको छ। फागुन २५ गते राष्ट्रपति निर्वाचन गर्ने तयारी गरिएको आयोग स्रोतले जानकारी दिएको छ। निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।
‘फागुन २५ मा राष्ट्रपति निर्वाचन र चैत पहिलो साता उपराष्ट्रपति निर्वाचन गर्ने तयारी छ, यसबारे आयोगमा छलफल भइरहेको छ, सम्भवत आजै मिति तय गरेर निर्वाचन तालिका आउँछ,’ आयोग स्रोतले भन्यो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बालुवाटारमा भएको छलफलमा पनि राष्ट्रपति निर्वाचन मितिबारे कुराकानी भएको थियो।









































