दिल्ली, 1 फरवरी 2023
भारतकी वित्त मन्त्री निर्मला सीतारमण नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी छन्। उनले भारतमा वार्षिक सात लाख रूपैयाँसम्मको आयमा आयकर नलाग्ने भएको छ। बुधबार आर्थिक वर्ष २०२३/२४ को बजेट प्रस्तुत गर्दै वित्त मन्त्री निर्मला सीतारमणले व्यक्तिगत आय करमा सात लाख रूपैयाँसम्म कुनै कर नलाग्ने घोषणा गरेकी हुन्। यसअघि पाँच लाख रूपैयाँसम्म कमाउनेले कर तिर्नु नपर्ने व्यवस्था थियो। सरकारले त्यसको दायरालाई बढाएर सात लाख पुर्याएको हो। यस्तै, सरकारले जनतालाई सरल तरिकाले कर तिर्नका लागि नेक्स्ट जेनेरेसन ट्याक्स फर्म जारी गर्ने घोषणा समेत गरेको छ। यसका अलावा निगमको क्षेत्रमा ३१ मार्च २०२४ सम्म काम सुरू गर्ने कम्पनीलाई १५ प्रतिशत छुट दिने घोषणासमेत बजेटले गरेको छ। बजेट पेस गर्नुअघि राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटघाट गर्नका लागि अर्थमन्त्री निर्मला सीतारमण आफ्नो टिमसँग राष्ट्रपति भवन पुगेकी हुन् ।









































