HomeFeatureमुलुकलाई राजनीतिक स्थायित्वको युगमा प्रवेश गराउन राष्ट्रिय सहमतिका लागि  ओलीको अपिल

मुलुकलाई राजनीतिक स्थायित्वको युगमा प्रवेश गराउन राष्ट्रिय सहमतिका लागि  ओलीको अपिल

काठमाडौं, 6 फरवरी 2023

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक स्थायित्वको युगमा प्रवेश गराउन राष्ट्रिय सहमतिका लागि अपिल गरेका छन् । प्रतिनिधि सभाको २०७९ माघ २२ गतेको बैठकमा सम्वोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक अस्थिरताको अन्त्य गरी नेपाल र नेपालीको भविष्य निर्माणका लागि सङ्कल्प गर्न सबैसँग आग्रह गरे । अध्यक्ष ओलीले २००७ सालको राजनीतिक परिवर्तनपछिका कुनै पनि सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न नपाएको र वर्तमान संविधान जारी भएपछि पनि सात वर्षभित्र सातजना प्रधानमन्त्री फेरिएको यथार्थ प्रस्तुत गर्दै भने– हाम्रो चाहना, प्रयास र खोजी स्थिरता र स्थायित्वको रह्यो तर हाम्रो प्राप्ति भने सधै अस्थिरता र अनिश्चितताको हुन पुग्यो ।

ओलीले भने– राष्ट्रियता र राष्ट्रिय एकताको सवालमा, सार्वभौमसत्ता–अखण्डता–स्वाधीनता–स्वाभिमानको सवालमा, न्यायोचित राष्ट्रिय हितहरूको सवालमा, लोकतन्त्र–स्वतन्त्रता–अवसर–समानता–समावेशी विकास–सुशासन र सामाजिक न्यायसहितको समृद्धिको सवालमा, अभाव–गरिबी–विपन्नताको दुष्चक्रबाट सर्वसाधारण नेपालीलाई बाहिर ल्याउने सवालमा, राष्ट्रिय सामर्थ्य र शक्ति, राष्ट्र र जनहितका लागि सदुपयोग गर्ने सवालमा, अर्थतन्त्रको सवलीकरण गर्ने–विकासको गतिलाई तिब्रता दिने–सेवा प्रवाहमा व्यापक सुधार ल्याउने सवालमा राष्ट्रिय सहमति कायम गरौं । यसका लागि नेकपा (एमाले) जस्तोसुकै योगदान गर्न तयार छ ।

अब राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने चिन्तनबाट कसैको पनि हित हुँदैन, हित हुन्छ केवल धमिलो पानीमा माछा मार्न पल्केकाहरूको । लोकतन्त्र कुनै व्यक्ति वा दल विशेषको लागि होइन, नेपाल र सम्पूर्ण नेपालीको हितका लागि हुनुपर्दछ । अब आम नागरिक धेरै सचेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...