दिल्ली, 8 फरवरी 2023
अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । जैसलमेरको होटेल सूर्यगढमा दुवैले परिवार र नजिकका साथीहरूबीच सातवटा फेरे लिएका हुन्। यो बिहेको सबैभन्दा खास कुरा, उनले बिहेको लागि रातो नभई गुलाबी रङ छनोट गरिन् । उनले पञ्जाबी विवाहमा रातोको सट्टा गुलाबी चुरा लगाएकी थिइन ।
यी जोडीले विवाहपछि इन्स्टाग्राम ह्यान्डलमा विवाहको पहिलो तस्बिर सेयर गरेका छन् । विवाहको लागि, जहाँ सिद्धार्थ सुनौलो कढाईको साथ अफ-हाइट शेरवानीमा देखा परे, कियाराले गुलाबी रंगको लेहेंगा लगाएकी थिइन्।











































