HomeFeature सामन्थाको सन्देश : लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरण र आर्थिक सहायतामा...

 सामन्थाको सन्देश : लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरण र आर्थिक सहायतामा वृद्धि

काठमाडौं, 9 फरवरी 2023

लोकतन्त्र सुदृढीकरण र आर्थिक सहयोग बढाउने प्रतिबद्धता गर्दै नेपालको दुईदिने भ्रमण सकेर अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर बुधबार बेलुकी फर्केकी छन् । नेपालको लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका निम्ति ६ करोड ८५ लाख अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँ) सहयोगको घोषणा गरेकी प्रमुख सामन्थाले नेपाललाई आगामी दिनमा थप सहयोग बढाउने प्रतिबद्धता गरिन् । राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डपछि अमेरिकाबाट काठमाडौं उत्रिएकी पावरले अमेरिकाले नेपाललाई पछिल्लो समय महत्त्वपूर्ण चासो दिइरहेको सन्देशसमेत दिएर गइन् ।

फर्कनुअघि पत्रकार सम्मेलन गर्दै सामन्थाले भनिन्, ‘हामी स्थानीय संस्था र सरकारको स्तरमा अझ बढी सहयोग गर्न चाहन्छौं । लामो समयदेखि हामीले गरेको लगानीले समुदायहरूमा लगानीको वातावरण बनाउन चाहन्छौं ।’

उनले नेपाललाई सहयोगी साझेदारभन्दा पनि व्यापार साझेदार बनाउन चाहेको पनि बताइन् । उनले लोकतन्त्रले गर्दा नै आर्थिक विकासको काम गर्न सक्ने बताइन् । सन् २०२२ मा यूएसएआईडीले नेपाललाई आगामी ५ वर्षका लागि ६५ करोड ९० लाख डलर सहयोग गर्ने घोषणा गरेको थियो ।

पावरले यूएसएआईडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धि मजबुत पार्न र नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने पनि बताइन् ।

उनले नेपालमा अमेरिकाले गर्ने सहयोगमा भूराजनीतिक आयाम नरहेको बताइन् । अमेरिकाले दसकौंदेखि नेपाललाई सहयोग गर्दै आएको बताउँदै भनिन्, ‘भूराजनीति परिवर्तन भइरहन्छ । शीतयुद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो । तर हामी काममा केन्द्रित हुन्छौं, प्रभावका लागि हामी साथमा काम गर्छौं ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...