काठमाडौं, 14 फरवरी 2023
जेलबाट छुटेपछि सन्दीप लामिछानेले खेलेको पहिलो खेलमा ३ विकेट लिएका छन्। सन्दीप लामिछाने नाबालिका बलात्कार आरोपमा केही महिना जेल र हिरासतको जीवन बिताएर पुनः क्रिकेट खेलमा फर्किएका हुन्। आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भइरहेको सो खेलमा लामिछानेले ३ विकेट लिएका हुन् ।
सन्दीपले दोस्रो बलमै विकेट झारेका थिए । सुरुवाती ५ ओभरसम्म सन्तोषजनक प्रदर्शन गरेका उनले लिएका उनले खेलको ४९ औं ओभरको पहिलो र अन्तिम बलमा थप विकेट लिएर बाहिरिएका हुन् । आफ्नो बलिङको पाँचौँ ओभरपछि भने उनको प्रदर्शन खस्किएको थियो ।
आजको खेलमा नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामी र कुशल मल्लले १÷१ वटा विकेट लिए । २८६ रनको लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।









































