HomeFeatureराष्ट्रपति निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डसमक्ष नेपाली कांग्रेसको औपचारिक  प्रस्ताव

राष्ट्रपति निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डसमक्ष नेपाली कांग्रेसको औपचारिक  प्रस्ताव

काठमाडौं, 20 फरवरी 2023

राष्ट्रपति निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष नेपाली कांग्रेसले औपचारिक रुपमा प्रस्ताव गरेको छ । प्रधानमन्त्री प्रचण्डले जवाफमा पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन्।

प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको हो । प्रधानमन्त्रीलाई भेट्न कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला हिजो साँझ बालुवाटार गएका थिए भने कांग्रेस महामन्त्री थापाले करिब दुई घन्टा भएको छलफलमा राष्ट्रपति निर्वाचन र समसामयिक विषयमा कुराकानी भएको जानकारी दिएका थिए । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि पटक पटक छलफल भैरहेको छ ।

उनीहरुबीच सहमतिको प्रयास भैरहँदा कांग्रेसले पनि राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न प्रधानमन्त्रीको दल नेकपा माओवादी केन्द्रको सहयोग मागेको छ । उक्त अवसरमा प्रधानमन्त्रीले यस’bout आफ्नो पार्टीमा छलफल गर्ने बताए । माओवादी केन्द्रले आज पदाधिकारी बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...