काठमाडौं, 20 फरवरी 2023
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा सहभागी हुन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ । सोमबार कोषले भारतसहित विभिन्न देशबाट आएका चार हजारभन्दा बढी साधुसन्तको बिदाइ गरेको हो । शिवरात्रिका बेला उनीहरुले भक्तजनबाट प्रशस्त दक्षिणा पनि पाएको भन्दै उनले यो भने आफूहरूले कोषको तर्फबाट दक्षिणास्वरुप दिने प्रचलनअनुसार दिइएको बताए । उनले सबैलाई एउटा रुद्राक्षको माला पनि दान दिइएको बताए ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि सुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको बताए ।









































