काठमाडौं, 24 फरवरी 2023
नेकपा माओवादी केन्द्रका सांसद् जनार्दन शर्माले देशले अहिले राष्ट्रिय सहमति खाजेको बताएका छन्। संसद्को विशेष समयमा बोल्दै सांसद् शर्माले जनताले दिएको जनमत राष्ट्रिय सहमतिका लागि भएको बताए। शर्माले भने, ‘सेरमोनियल राष्ट्रपतिको प्रसंगलाई कार्यकारी राष्ट्रपति जस्तो बनाएर बहस भइरहेको छ। यो दुःखद् कुरा हो। जनमत हामीलाई तानातान गर्न होइन सहकार्यका लागि प्राप्त भएको हो। एजेण्डामा सहमति गरौं । यस्ता कुरालाई राष्ट्रिय सहमति बनाऔँ।’
शर्माले संविधानको रक्षा र कार्यान्वयन मुख्य कुरा रहेको बताए।
शर्माले भने, ‘संविधानले समाजवादको परिकल्पना गरेको छ। प्रदेशलाई परिणाममुखी बनाउनुपर्छ। वित्तीय संघीयता लागू त भयो। तर संघीयतालाई सुदृढ गर्न ऐन निर्माण गर्नुपर्नेछ। प्रदेशलाई अधिकार हस्तान्तरण गर्नैपर्छ।’ राष्ट्रिय स्वाधिनता, राष्ट्रियता गम्भिर अवस्थामा पुगेको बताए।









































