काठमाडौं, 2 मार्च 2023
नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका सुवास नेम्वाङ राष्ट्रपतिमा भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय पुगेका छन्। यतिबेला उनी भोट माग्न व्यस्त छन्। सोही क्रममा नेता नेम्वाङ राष्ट्रपतिमा भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय पुगेका हुन्। बिहीबार दिउँसो बसुन्धरास्थित रास्वपा कार्यालय पुगेका नेम्वाङले राष्ट्रपतिमा आफूलाई सघाउने आग्रह गरेको रास्वपाका एक नेताले जनाए। नेम्वाङ आजै बिहिबार एकीकृत समाजवादीको पार्टी कार्यलय पुगेर अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए। भेटका क्रममा नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह समेत गरे। राष्ट्रपति पदका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ उम्मेदवार छन्। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।









































