HomeFeatureविगतलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्छ: शर्मा

विगतलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्छ: शर्मा

काठमाडौं, 3 मार्च 2023

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विगतलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित प्रदेशसभा सांसदसँगको अन्तरक्रिया कार्यक्रममा उनले विगतमा राष्ट्रपति विवादमा पर्नुको कारणलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने बताएका हुन् । यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलीय समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्। शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा भएका कमजोरीका कारण सेरेमोनियल राष्ट्रपति चुनावमा पनि यसपटक धेरै सक्रियता देखाउनुपरेको बताएका छन्। महामन्त्री शर्माले भने, ‘सेरेमोनियल राष्ट्रपतिका लागि यतिधेरै नोकझोक, दौडधुप किन भनेर पनि साथीहरू सोधिरहनु भएको छ। यसअघिको कार्यकालको समीक्षाको जगमा यसको पृष्ठभूमि खोज्नुपर्छ।’ संसद विघटनदेखि नागरिकता विधेयक रोकिएकोसम्म हेर्नुपर्ने उनले बताए। विगतका राष्ट्रपति के कारणले विवादमा परे भन्ने हेक्का गरेर नयाँ राष्ट्रपति अघि बढ्नुपर्ने उनले बताए। उनले ८ दलको समर्थन भएकोले राष्ट्रपतिमा पौडेल निर्वाचित हुने पनि दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...