HomeFeatureअहंकार बोक्नेको विनास हुन्छ : ओली

अहंकार बोक्नेको विनास हुन्छ : ओली

काठमाडौं, 10 मार्च 2023

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहंकार बोक्ने व्यक्तिको विनास हुने बताएका छन् । नेपाल खेलकुद महासंघका नवनिर्वाचित केन्द्रीय कमिटीको सपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ओलीले  यस्तो बताएका छन्। उनले अहंकार दिमागमा पस्यो भने त्यसले अन्य कुरालाई रोक्ने बताए ।

‘अंहकार बोक्यो भने कुनै पनि व्यक्ति कतै पनि सफल हुँदैन । त्यो मानिसको विनास हुन्छ जसले अहंकार बोक्छ, अहंकारले दिमागमा अन्य कुरा पस्नै दिँदैन । आफू बस्छ ढोका लगाएर चुकुल लगाउँछ । केही चिज पस्दै दिँदैन आफू मात्रै बस्छ । अंहकार यस्तो गरी बढ्दै जान्छ कि त्यसले कोठा नै फुटाउला जस्तो गर्छ,’ उनले भने ‘त्यसैले मस्तिष्कमा अहंकार पस्न दिनु हुँदैन । खेलाडीले अहंकारलाई जे जे हानेर हुन्छ भगाइहाल्नु पर्छ । अहंकारलाई फ्लाइङ किक हाने वा राउन्ड किक हानेर बजाइदिनुहोस् । बक्सिङ, कराँते, जुडो के हुन्छ अहंकारलाई बजाइदिहाल्नु । अहंकारले मितेरी लगायो भने त्यसले खत्तम पार्छ । त्यसैले अहंकारसँग जम्काभेट हुनु हुँदैन, भयो भने दिइहाल्नु पर्छ दनक ।’

अहंकारलाई हटाएपछि मात्रै प्रगति हुने भन्दै उनले सुझाव दिएका थिए । ‘म ज्ञानी हुँ, म पण्डित छु, म यहाँ छु म त्यहाँ छु, मजस्तो जान्ने को छ भन्यो भने त्यसले गरिखाँदैन । म विद्वान छु भनेर ठान्दछ भने त्यसले सक्दैन । म जान्दछु म जस्तो कोही छैन भन्यो भने बिग्रन्छ,’ ओलीले भने ।

अध्यक्ष ओलीले कार्यक्रममा खेल मात्रै नभएर राजनीतिमा पनि ‘फल’ खेल्ने सफल नहुने बताए । पेले, म्याराडोना, मेस्सी, एम्बापेसहित खेलाडीको उदाहरण दिँदै उनीहरू ‘फल’ नखेल्ने मात्रै नभएर उनीहरुले अरु फल खेल्छन कि भनेर जोगिने पनि गरेको बताएका थिए । ओलीले नियम तोडेर जितेको कुरा स्थायी नहुने टिप्पणी समेत गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...