काठमाडौं, 11 मार्च 2023
जनमत पार्टीका अध्यक्ष सीके राउतले उपराष्ट्रपतिमा आफूहरूले उम्मेदवारी फिर्ता नलिने बताएका छन्। शनिबार संसद् भवन बानेश्वरमा उम्मेदवारी मनोनयनपछि अध्यक्ष राउतले सत्ता गठबन्धनमा आफूहरूले उपराष्ट्रपति पदमा दाबी गरेको, र जनमत पार्टीको उम्मेदवार नै गठबन्धनको आधिकारिक उम्मेदवार हुने विश्वास व्यक्त गरे । उनले अझै पनि गठबन्धनबाट जनमत पार्टीकै उम्मेदवारलाई आधिकारिक बनाउन प्रयास गर्ने बताए । ‘हामी अधिकारको लडाइँमा छौँ ।
‘उपराष्ट्रपतिमा हाम्रो उम्मेदवारी फिर्ता हुँदैन। हामी गठबन्धनमा पनि यसबारे छलफल गर्नेछौं, हाम्रो उम्मेदवारलाई सहयोग गर्नु भनेर ’, उनले भने, ‘यदि भएन भने मित्रवत प्रतिस्पर्धा हुन्छ।’









































