HomeFeatureलोकतन्त्रमा व्यक्तिगत फोन ट्यापिङ स्वीकार्य छैन:कोइराला 

लोकतन्त्रमा व्यक्तिगत फोन ट्यापिङ स्वीकार्य छैन:कोइराला 

काठमाडौं, 22 मार्च 2023

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रमा व्यक्तिगत फोन ट्यापिङ स्वीकार्य नहुने बताएका छन् । सरकारले ल्याउन लागेको दुरसञ्चार विधेयकमा सरकारी अधिकारीले नै व्यक्तिको फोन ट्याप गर्ने प्रावधान राखेको समाचार सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन् ।

‘लोकतन्त्रमा यो वा त्यो बहानामा नित्तान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन । विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ,’ उनले भने, ‘राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगत्‌को समेत ध्यान जाओस् ।’

उनले नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा राजनीतिक दल, मानवअधिकारकर्मी र नागरिक समाजको ध्यानाकर्षण गरेका छन् । सरकारले नागरिकका व्यक्तिगत फोन सरकारी अधिकारीले नै ट्याप गर्ने र उनीहरूले नै फोन नचल्नेसम्म बनाउन सक्ने प्रावधानसहितको मस्यौदा तयार पारेको समाचार सार्वजनिक भए पछि कोइरालाले यस्तो प्रतिक्रिया जनाएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने तयार भएको मस्यौदा अन्तिम नभएको भन्दै नेपाल दुर सञ्चार प्राधिकरण र सरोकारवालाको परामर्शपछि मात्र यसको टुंगो लाग्ने बताएको छ । उनले सूचना प्रविधिको विकासले केही कुरा परिवर्तन आवश्यक भएकाले नयाँ प्रावधान आउने भए पनि त्यो मन्त्रालय एक्लैले निर्णय गर्ने विषय नभएको बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...