काठमाडौं, 22 मार्च 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका बेला भएका अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गएको स्वीकार गरेका छन् । बुधबार राष्ट्रियसभा बैठकमा दलित समुदायमाथि भएको अपमान र विभेदविरुद्धको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिँदै उनले विगतमा गर्वका साथ सुनाइने गरेको अन्तर्जातीय विवाह अहिले गर्वको विषय हुन छाडेको बताए ।
‘हामीले ज नयुद्धद्धमा अन्तरजातीय विवाहमा गर्व गथिर्यौ । ती गर्व गर्ने विषय बिस्तारै हुन छोडे । जनयुद्धको बेलामा भएको अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गए । अन्तर जातीय विवाह जुनस्तरमा गर्वको रूपमा गरिन्थ्यो त्यो हुन छोडे’ प्रचण्डले भने । दलित समुदायमाथिको विभेद अन्त्य गर्न सांस्कृतिक आन्दोलनको विषय भएको प्रचण्डले बताए ।
‘हामी जति बेला हामी क्रान्तिकारी आन्दोलनमा थियौं । त्यतिबेला अन्तरजातीय विवाह हुँदा गर्व गर्थियौं । अन्तर जातीय विवाह हुँदा एउटा उच्च जातीय भनिने र दलित समुदायको बिचमा विवाह हुँदा समारोह गर्ने त्यसलाई सम्मानित गर्ने सबैले गर्व गर्ने जनतालाई राखेर भाषण गर्ने गरिन्थ्यो’ प्रचण्डले भने, ‘दलित समुदायबाट वीरता र बलिदान कायम गरिए भने समाजमा स्थापित गरिन्थ्यो । त्यसलाई सांस्कृतिक आन्दोलनको रूपमा लिइन्थ्यो ।’









































