HomeFeatureनेपाली सेनाले निर्वाह गरीरहेको जिम्मेवारीका विषयमा दुष्प्रचार भइरहेको छ : प्रधानसेनापति

नेपाली सेनाले निर्वाह गरीरहेको जिम्मेवारीका विषयमा दुष्प्रचार भइरहेको छ : प्रधानसेनापति

काठमाडौं, 23 मार्च 2023

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सेनाले संविधानसम्मत रुपमा निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको पाइएको बताएका छन्। बिहीबार पोखरामा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनमा बोल्दै प्रधानसेनापति शर्माले  यस्तो बताएका छन्। प्रधानसेनापति शर्माले सेनाले निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको पाइएको बताएका हुन्।

“समय समयमा कसको इशारामा हो, बाहिरी व्यक्तिहरूबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ, त्यति हुनुपर्छ र यस्तो साइजको हुनुपर्छ, राइटसाइजिङ हुनुपर्छ र अन्य नचाहिंदो नचाहिंदो कुरा पनि हुने गर्छ र यसलाई प्रकाशित पनि गर्ने गरेको पाइएको छ। यो हास्यास्पद छ,” उनले सम्मेलनमा भने।

उनले सेनाको संख्या तोक्ने काम विज्ञको नभएको जिकिर गरे। शर्माले भने, “आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना केकति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ। न कि कुनै आईएनजीओ एनजीओमा बसेर आफैं स्वघोषित प्राज्ञ, स्वघोषित विज्ञ र सुरक्षा विज्ञले गर्ने होइन। यो नेपाल सरकारको काम हो भनेर म उहाँहरूलाई पनि भन्न चाहन्छु।”

आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्ने विषय भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...