काठमाडौं, 8 अप्रैल 2023
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन ।
चितवन–२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आबुखैरनी सभालाई सम्वोधन गर्दै ३० बर्ष सरकारको नेतृत्व गर्नेहरुले युवाहरुलाई देशवाट पलायन गराएको उनको आरोप पनि छ ।
नौं महिना अघि खुलेको पार्टी र ३० दिन मात्र सरकार चलाएको पार्टीलाई प्रश्न गर्ने ठाउँ नभएको पनि उनको भनाई छ ।
‘हामीलाई त्यस्ता मान्छेहरुले आलोचना गरिरहेका छन्, जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाई राखेका छौं,’ लामिछानेले भने, ‘त्यसैले भ्रष्ट मानिसहरूले सोधेको जवाफ एउटा पनि दिन्न किनकी तीनलाई जेल कोच्ने हो, जवाफ दिएर हिँडने होइन ।’
लामिछानेले कैयौं मान्छेहरू आफ्नो हातमा हतकडी लगाउन प्रतिक्षा गरेर बसेको भएपनि त्यसो नहुने बताए।









































