काठमाडौं, 10 अप्रैल 2023
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नेपाली जनताले संघीयता बोक्न नसक्ने दाबी गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले यस्तो दाबी गरे।
‘न्यूनतम साझा कार्यक्रममा समेटिएका संघीयता, नागरिकता र संक्रमणकालीन न्यायाको विषयमा विमती राख्दै आइरहेको थियो। न्यूनतम कार्यक्रममा हाम्रो पनि सहमति गर्यो भन्ने कुरा बाहिर आयो। यसले जनतामा भ्रम पर्यो। हामीले संघीयता नेपाली जनताले बोक्नै सक्दैन। सांसदको संख्या मात्रे ८८४ छ। त्यसअनुसारका मन्त्री छन्। यो खर्च जनताले धान्न नसक्ने संघीयता खारेज गर्नुपर्छ,’ केसीले भने।









































