काठमाडौं, 13 अप्रैल 2023
काठमाडौं महानगरपालिका मेयर बालेन (बालेन्द्र) साहले सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत् उनले लेखेका छन, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस् , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्।’ ‘हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन। चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन’।
महानगरपालिकाले सुकुम्बासीहरूलाई हटाउन खोज्दा सरकारले असहयोग गरेको भन्दै मेयर साहले यसअघि सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने उद्घोष गरेका थिए।









































