काठमाडौं, 25 मार्च 2023
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी भएका छन् । मतगणना सकिनुअघि नै लामिछाने विजयी भएका हुन् । लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । सभापति रवि लामिछानेले अब सरकारलाई समर्थन गरिरहनु पर्ने कुनै कारण नभएको बताए। चितवन-२ मा जित नजिक पुगेका लामिछानेले समर्थन फिर्ता लिने संकेत गरेका हुन् ।
‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ लामिछानेले भने ।
लामिछानेले सरकारमा जाने सम्भावना नरहेको पनि स्पष्ट पारे ।









































