काठमाडौं, 1 मई 2023
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन्। सोमबार काठमाडौँमा एकीकृत ट्रेड युनियनको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
‘राजनीतिमा अनेकौँ फोहोर मैला जमेका छन् । त्यसलाई सफा गर्न चाहन्छौ । राजनीति कताकता मानिसहरूका निम्ति अत्यन्तै घृणाको विषय बनेको छ’, अध्यक्ष नेपालले भने, ‘किनभने यो विकृत भएको छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’
अध्यक्ष नेपालले अबको समयमा स्वदेशमा रोजगारी दिने, सीप प्रवद्र्धन गर्ने र जनतामा सेवा सहज बनाउनेकुरमा ध्यान दिनुपर्ने बताए ।









































