काठमाडौं, 19 मई 2023
चीनले आफू विश्वको सबैभन्दा ठुलो कार निर्यात गर्ने देश भएको बताएको छ । यसअघि जापान विश्वको सबैभन्दा ठुलो कार निर्यात गर्ने देश थियो । यस वर्षको पहिलो तीन महिनामा चीनले कार निर्यातमा जापानलाई उछिनेको छ । गत हप्ता सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनले यस वर्षको पहिलो तीन महिनामा १०.०७ लाख कार निर्यात गरेको छ । यो सन् २०२२ को पहिलो तीन महिनाको तथ्याङ्कभन्दा ५८ प्रतिशत बढी हो । जापानले यस वर्षको पहिलो तीन महिनामा ९ लाख ५४ हजार १८५ कार निर्यात गरेको छ । यो सन् २०२२ को पहिलो तीन महिनामा भएको निर्यातको तुलनामा ६ प्रतिशत बढी हो ।
रसियामा विद्युतीय कारको माग र कारको बिक्रीमा भएको वृद्धिका कारण चीनको निर्यात बढेको हो ।
टेस्लाको चिनियाँ युनिट एसएआईसी चीनको सबैभन्दा ठुलो न्यु एनर्जी ह्विकल गाडीको निर्यातक हो ।
टेस्लाको संघाइमा निकै ठुलो इलेक्ट्रिक कार प्लान्ट छ । यहाँबाट जापान र युरोपेली बजारमा कार निर्यात गरिन्छ ।









































