काठमाडौं, 19 मई 2023
फ्रान्समा सञ्चालन भईरहेको २०२३ कान्स फिल्म फेस्भिवलको रेड कार्पेटमा बलिउड अभिनेत्री तथा विश्व सुन्दरी ऐश्वर्या राय चाँदीको पहिरनमा प्रस्तुत भएकी छिन् । यो उनको कान्स फेस्टिबलमा २१ औं उपस्थिति हो । भारतीय अभिनेत्री ऐश्वर्या राय लगाएको चाँदीको पहिरनका कारण अहिले चर्चामा छिन् । उनले सोफी कउचरको डिजाइनमा तयार भएको चाँदीको गाउन र कालो हुडी लगाएकी थिईन् । यसपटक आफ्नी छोरी आराध्यालाई लिएर कान्समा उपस्थित ऐश्वर्याले २००२ मा कान्स फेस्टिबलमा डेब्यु गरेकी थिईन् ।









































