काठमाडौं, 24 मई 2023
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला दलका नेताहरुले संसदको रोष्ट्रमलाई एक अर्काप्रति कटाक्षका लागि मात्र प्रयोग गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सभापति लामिछानेलेठूला दलका नेताहरुले आफ्नो कार्यकालमा गरेको कामको विवरण संसदमा सुनाए पनि सरकारी अस्पताल र विद्यालय हेर्दा उनीहरुको काम कस्तो छ थाहा हुने बताए ।
‘तपाईंहरुले यो ३० वर्षमा के गर्नुभयो ? कसो गर्नुभयो बुझ्नका लागि एक पटक कान्ति बाल अस्पताल जानुहोला, सरकारी कुनै अस्पताल जानुहोला, गरिब विपन्न मानिसहरु पढेका विद्यालय जानुहोला, तपाईंले चुनेको, जानेको, ठानेको यहाँ जान्छु भनेर तपाईंले चुज गरेको ठाउँ गएर हेर्नुहोला’ उनले भने ।विगत ३० वर्षमा विकास बजेट र तलबका लागि खर्च हुने बजेट ठीक उल्टो गरी परिवर्तन भएको भन्दै प्रश्न उठाए ।
एक अर्काको छेडाखानी गर्ने वा मुल्याङ्कन गर्ने भए चिया खाएर संसद बाहिरै गर्न लामिछानेले सुझाव दिए ।
खाने ठाउँको अभाव भए नयाँ नेताहरुको घरमा जान उनको सुझाव छ ।
लामिछानेले भने, ‘चिया खाने ठाउँको अभाव छ भने हामी नयाँ नेताहरुको घरमा आउनुहोस् । केही फरक पर्दैन । तपाईंहरुकैमा जानुपर्छ भन्ने छैन ।’
लामिछानेले ठूला दलका नेताहरुलाई चिया खाने थलो बदल्न सुझाव छ ।