काठमाडौं, 27 मई 2023
काठमाडौँबाट भारतको बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आंशकामा पुनः त्रिभुवन विमानस्थल फर्किएको छ । आज शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
सिटौला भन्छन्, जहाजमा चरा ठोकिएको प्रारम्भिक अनुमान गरिएको छ । अहिले प्राविधिकहरूले उक्त जहाजको परीक्षण गरिरहेका छन् ।