काठमाडौं, 29 मई 2023
पूर्वराजाहरुले मात्र प्रयोग गर्दै आएको पोखराको रत्न मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले खुला गरेका हुन्। रत्न मन्दिर गणतन्त्र दिवशको अवसरमा सर्वसाधारणका लागि खुला गरिएको हो । रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा जाँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले पोखरा जाँदा बस्न मिल्नेगरी रानी रत्नको नामबाट दरबार निर्माण गरेका थिए ।
वि.सं २०१३ मा यो दरबारको निर्माण सुरु गरिएको थियो । गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर हाल ट्रष्टको स्वामित्वमा छ ।









































