काठमाडौं, 2 जुन 2023
भारत सरकारले नयाँ संसद् भवनमा नेपालको भूभागसहितको नक्सा राखेपछि नेपालमा विरोध भइरहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज शुक्रवार विरोध प्रदर्शन गरेको छ। लुम्बिनी र कपिलवस्तुलाई ‘अखण्ड भारत’को नक्सामा राखिएपछि विवाद भएको हो।
त्यसक्रममा राप्रपाका नेता, कार्यकर्ताले नक्सा संसदबाट हटाउन भन्दै नारा लगाएका थिए। यस्तै, उनीहरुले लिपुलेक कालापानी क्षेत्रबाट पनि भारतीय पक्षलाई हट्न भन्दै नाराबाजी गरेका थिए।









































