HomeTrending Newsओडिशा रेल दुर्घटना अपडेट – एक जना नेपालीको मृत्यु, एक घाइते

ओडिशा रेल दुर्घटना अपडेट – एक जना नेपालीको मृत्यु, एक घाइते

ओडिशा रेल दुर्घटना अपडेट – एक जना नेपालीको मृत्यु, एक घाइते

दिल्ली, 7 जुन 2023 | भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा एकजना नेपालीले ज्यान गुमाएका छन् । पछिल्लो अपडेट अनुसार एक जनाले ज्यान गुमाएको र एक जना गम्भिर घाइते रहेको जानकारी नेशनल लाईभ टिभीलाई प्राप्त भएको छ ।

छिपहरमाई गाउँपालिका ६, विसुवा पर्सा जिल्ला निवासी प्रहलाद पासवानका २० वर्षीय छोरा अमृत पासवानको भुवनेश्वरको एम्स अस्पातलमा निधन भएको छ । मृतकका दाजु दिपक पासवान घटनाको जानकारी पाए पछि चेन्नईको त्रियावाकुक्मबाट भूवनेश्वर पुगेका छन् ।

amrit paswan

सोही रेल दुर्घटनामा परि एकै गाउँका रामानन्द पासवान घाइते भई कटको एससिबी मेडिकल कलेजमा उपचाररत छन् । उनको खुट्टामा मल्टिपल फ्याक्चरहरु भएता पनि सुधारको क्रममा रहेको जानकारी प्राप्त भएको छ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वी भारत क्षेत्रीय समितिका अध्यक्ष हेमकुमार थापाले स्वयं अस्पतालमा पुगि जानकारी दिएका छन् ।

ramanand paswan

नेपालबाट पनि आफन्तको खोजिमा धैरे जनाहरु त्यहां पुगेर अस्पताल, अस्पतालमा आफ्नो मान्छेको खोजिमा लागेका छन्। दुर्घटनामा ज्यान गुमाउनेका आफन्तहरू अहिले भुवनेश्वरका अस्पतालमा आफन्तको शव खोज्न भौंतारिइरहेका छन्। यसरी भौंतारिनेमा नेपालबाट आएका दुई दिदीबहिनी सहित चार जना आफन्त पनि छन्। उनीहरूलाई कहाँ जाने र कसलाई सम्पर्क गर्दा आफन्तको शव पाउन सकिएला भन्ने अन्योल छ। जेठ २२ गते भुवनेश्वर आइपुगेका उनीहरू आफन्तको शव खोज्दै त्यहाँ तीन वटा अस्पताल पुगिसके। तर, कहीं पनि उनीहरूले आफन्तको पत्तो पाउन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...