HomeTrending Newsदिल्लीको जामिया नगर इलाकामा काठको बक्सामा नेपाली नाबालिग भाइ – बहिनीको शव...

दिल्लीको जामिया नगर इलाकामा काठको बक्सामा नेपाली नाबालिग भाइ – बहिनीको शव बरामद

दिल्लीको जामिया नगर इलाकामा काठको बक्सामा नेपाली नाबालिग भाइ – बहिनीको शव बरामद

दिल्ली, 7 जुन 2023 | दिल्लीको जामिया नगर इलाकाबाट नेपाली मूलका दुई नाबालिग भाइ,  बहिनीको शव फेला परेपछि इलाकामा हड्कंप मच्चिएको छ। नेशनल लाईभ टिभीलाई राप्रपा प्रवास संगठनका नेता बम चन्द ठकुरीले दिएको जानकारी अनुसार मंगलबार साँझ दक्षिण पूर्व दिल्लीको जामिया नगर क्षेत्रको कारखानामा राखिएको काठको बक्समा भाइ  बहिनीको शव फेला परेको थियो।

jamia nagar

दुवै बाल-बालिका दिउँसो तीन बजे खाना खाएर घरबाट खेल्नका लागि निस्के पश्चात बेपत्ता भएका थिए । लामो समयसम्म नफर्केपछि बाबु आमाले उनको खोजी सुरु गरेका थिए । धेरै खोजबीन पश्चात दुवै दाजु र बहिनी काठको बक्समा थुनिएको अवस्थामा फेला परेका थिए । उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

उनीहरुको पहिचान 8 वर्षीय नीरज र 6 वर्षीया आरती रहेको छ । जिल्लाका डीसीपीले प्रारम्भिक अनुसन्धानमा बाल-बालिकाको शरीरमा चोटपटकको निशान नभेटिएको बताए ।

dui nepali bhai behini

दुवै बालकको पोष्टमार्टम रिपोर्ट र अनुसन्धानका लागि घटनास्थल पुगेको एफएसएल र अपराध अनुसन्धान टोलीको रिपोर्ट आएपछि यस विषयमा थप कारबाही गरिने छ ।

बल बहादुर सार्कि उर्फ बलबीर नेपालका स्थायी बासिन्दा हुन् । उनी नेपाल जिल्ला अछाम मेल्लेख गाउँपालिका जाब्ला र हाल दिल्लीको ओखलामा मुगल आर्ट फर्निचर कम्पनीमा सुरक्षाकर्मीको काम गर्दै आएका छन्। बलवीर आफ्नी श्रीमती र छोराछोरीसँग त्यहाँ बस्छन्।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...