HomeTrending Newsनेपालले पनि ‘ग्रेटर नेपाल’ को सांस्कृतिक नक्सा निकाल्न सक्छ: गगन थापा

नेपालले पनि ‘ग्रेटर नेपाल’ को सांस्कृतिक नक्सा निकाल्न सक्छ: गगन थापा

नेपालले पनि ‘ग्रेटर नेपाल’ को सांस्कृतिक नक्सा निकाल्न सक्छ: गगन थापा

काठमाडौं, 8 जुन 2023 | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा बनाउन सक्ने बताउनु भएको छ । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भारतको संसद् भवनमा राखिएको नक्सालाई सांस्कृतिक मात्र मान्ने हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा भारतले सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताउनुभयो । ‘यदि कुनै देशले सांस्कृतिक नक्सा बनाएर साँस्कृतिक नक्सा मेरो यो हो भन्ने हक राख्दछ भने नेपालले पनि आफ्नो साँस्कृतिक नक्सा ग्रेटर नेपाल बनाउने र यसको चिन्तन राख्ने हक राख्दछ’ उनले भने, ‘नेपालको त्यो हकको प्रयोग गर्छ, मैले मेरो हक प्रयोग गर्दैगर्दा नेपालले यो हक प्रयोग गर्न पाउँदैन भनेर भारतले भन्छ भने नेपालले आफ्नो हक र परिकल्पना प्रयोग गर्दा भारतले पनि चिन्ता गर्दैन र यसरी नै त्यसलाई सहजतापूर्वक ग्रहण गर्छ भन्ने हामीले अपेक्षा राख्नुपर्छ ।’

उनले भारतले प्रयोग गरेको नक्सालाई साँस्कृतिक नक्साको कोणबाट बहस गर्दा नेपालको पनि साँस्कृतिक नक्सा हुन्छ भन्ने कुरामा स्पष्ट हुनुपर्ने चेतावनी दिए । उनले निकट विगतमै नेपाल निकै ठुलो भएको कुरा मानसपटलमा रहेको बताए ।

‘नेपाल पनि पहिले धेरै फैलिएको सीमाना भएको निकट विगतको इतिहाँस छ, नेपाल ठुलो भएको हाम्रो मानसपटलमा छ’ थापाले भने, ‘नेपालले समेत हाम्रो साँस्कृतिक नक्सा फरक छ र विशाल छ भन्ने कुराको प्रयोग गर्छ ।’थापाले भुपरिवेक्षित देश भएका कारण नेपालले बंगलादेशको बाटो पाउने कुरा स्वत अधिकारका रुपमा प्रयोग हुनुपर्ने जिकिर गरे । बंगलादेशको बाटो पाउने कुरामा मुलुकको अर्को भूभाग वा क्षेत्रमा मोलाहिजा गरिराख्नु नपर्ने बताए । भविष्यमा सीमा विवाद सुल्झाउँदै जाने क्रममा कहाँ पुगिन्छ भन्ने कुरामा अहिले नै नेपालले पोजिसन कमजोर बनाउनु पर्ने कारण नरहेको बताए । लिम्पियाधुरा लिपुलेक नेपालकै भएकोले त्यो भूमि भारतले फिर्ता गर्नुपर्ने थापाले बताए ।

थापाले कांग्रेसलाई ठिक ठाउँमा उभ्याउने कुरामा पार्टी सभापतिले गम्भीरताका साथ सोच्नुपर्ने सुझाव दिए । कार्यकर्ता तहमा आक्रोस बढ्दै गएको कुरालाई पार्टी नेतृत्वले समयमै सच्याएर अघि नबढे पार्टीलाई नै अहित गर्ने चेतावनी पनि दिए । कांग्रेसभित्र नीति अधिवेशनको तयारी अघि बढिरहेको महामन्त्री थापाले जानकारी दिए ।

‘पार्टीभित्र ठुलो परिवर्तनको चाहना छ, त्यसलाई अभिव्यक्त गर्ने उपयुक्त थलो भनेको नीति अधिवेशन नै हो’ उनले भने, ‘पार्टीको नेतृत्वको केही निर्णयहरूका कारण अहिले पार्टीलाई अप्ठेरोको छ, त्यो निर्णयहरूमा नीति अधिवेशनले पुनर्विचार गर्नेछ, पार्टीलाई ठिक ठाउँमा उभ्याउने काम गर्नसक्छ ।’ठुलो पार्टी भएर पनि कांग्रेसभित्र अलमल र निराशा देखिएको बताए । पार्टी नेतृत्वले हामी कहाँ चुक्यौं भन्ने कुराको ठुलो समिक्षा गर्नुपर्ने बताए । नीति अधिवेशनले यिनै बिषयमा निर्णय लिने भएको आफुपनि उत्साहित भएर तयारीमा लागेको उनले बताए । अब पार्टी नेतृत्व बदलिनै पर्ने अवस्थामा आइपुगेको उनले बताए । तर केहिगर्दा पनि नेतृत्व नबलिए आफुहरू (महामन्त्री) ले तरिका नै बदल्ने चेतावनी पनि दिए ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...