HomeTrending Newsसंसदमा भैँसी र राँगाको मात्र गफ गरे गोबरबाहेक केही पाउँदैनौँ - रवि...

संसदमा भैँसी र राँगाको मात्र गफ गरे गोबरबाहेक केही पाउँदैनौँ – रवि लामिछाने

संसदमा भैँसी र राँगाको मात्र गफ गरे गोबरबाहेक केही पाउँदैनौँ – रवि लामिछाने

काठमाडौं, 8 जुन 2023 | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी माग्नुभएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिन यता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताउनुभएको हो । आर्थिक वर्ष २०८०–८१ को बजेटमाथिको छलफलमा भाग लिंदै बिहीबार उनले प्रतिनिधिसभा आफ्नो आत्मसम्मान कायम गर्न चुकिरहेको बताएका हुन् ।

‘हामी पार्लियामेन्टको डिग्निटी राख्न चुकिरहेका त छैनौं जस्ता विषयमा हामीले छलफल गर्‍यौं । हामी नयाँ राजनीतिक दलको हिसाबमा चाहे हाम्रा पक्षबाट आएका हुन् वा अन्य राजनीतिक दलबाट आएका विषय हुन् हामी कहीं न कहीं लज्जित भएका छौं’ लामिछानेले भने ।

सदनमा राँगा र भैंसीका विषयमा गफ गरेर ५ वर्ष बिताउने हो भने गोबरबाहेक केही नपाउने लामिछानेले बताए । ‘हामी आत्मालोचना गर्न चाहन्छौं । हाम्रा दलबाट भएका कमजोरीमा आत्मालोचना गर्न चाहन्छौं’ उनले भने, ‘हामीले बजेटमा कुराकानी गरिरहँदा राष्ट्रको महत्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आम नागरिकमा राम्रो सन्देश गएको छैन ।’

उनले आफ्नो भागको कमी–कमजोरीको जिम्मा लिने भन्दै अगाडि भने, ‘गत केही दिनमा भएका बहस अलिकति अमर्यादित भएकोमा क्षमायाचना गर्न चाहन्छु ।’

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भम्रण र सार्वजनिक महत्वको विषयमा संसदलाई सम्बोधन गरेका थिए । त्यसै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि १५ वटा राँगा मात्र भएको बताएका थिए ।

रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री भारतबाट आउँदा भैंसी चढेर आएको कुरा उठेको भनेका थिए । त्यस विषयमा केहीबेर संसदमा विवाद पनि भएपछि रास्वपा सांसदले बोलेको भैंसी चढेर आएको भन्ने वाक्यांश संसदको रेकर्डबाट मेटाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...