बलिउड चलचित्र ‘आदिपुरुष’ विरुद्ध दिल्ली अदालतमा मुद्दा
दिल्ली, 17 जुन 2023
रिलिज हुनुअघि नै विवादमा परेको बलिउड चलचित्र ‘आदिपुरुष’ रिलिज पछि पनि थप बिबादमा परेको छ ।फिल्ममा देखाईएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्याएको भन्दै हिन्दू सेनाले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ ।यस याचिकामा हिन्दू सेनाले आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ।
हिन्दु सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च न्यायालयमा जनहित याचिका दायर गरेको जानकारी दिए ।
‘आदिपुरुष’ विरुद्ध दायर रिट निवेदनमा भनिएको छ– ‘यो भारतीय संविधानको धारा २२६ अन्तर्गत जनहित याचिका हो। जस अनुसार धार्मिक नेता, पात्र र व्यक्तिलाई गलत देखाउन पाइने छैन भने त्यसैले सो फिल्मका आपत्तिजनक दृश्य तत्काल हटाउनु पर्नेछ र फिल्मलाई सार्वजनिक प्रदर्शनमा रोक लगाउनु पर्नेछ ।

निवेदनमा ‘आदिपुरुष’ लाई फिल्ममा धर्मगुरु, पात्र र व्यक्तित्वलाई गलत ढंगले प्रस्तुत गरी हिन्दू समुदायको भावनामा चोट पुर्याएको आरोप लगाइएको छ ।
महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दू धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रुपमा ब्याख्यासमेत गरी नयाँ नयाँ अविश्वनिय दृश्य देखाइएको छ ।
रामलाई जीसस जस्तो देखाईएको, सुनको दरबारमा बस्ने रावणलाई अजिंगरको घेरामा बसेको देखाईएको मात्रै नभई राम, सीता, लक्ष्मण, रावणका संबाद पनि कतिपय ठाउँमा रयापरको जस्तो भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । निर्देशक ओम राउतको ‘आदिपुरुष’ हिन्दू महाकाव्य रामायणमा आधारित फिल्म हो ।
फिल्ममा प्रभास ‘भगवान राम’, कृति सेनन ‘सीता’ र सन्नी सिंह ‘लक्ष्मण’ को भूमिकामा छन् ।नेपालमा पनि ‘जानकी भारतीय छोरी हुन’ भन्ने संबाद राखे पछि काठमाडौं महानगरपालिकाले सो फिल्मको प्रदर्शनमा रोक लगाएको थियो । अन्ततः सेन्सर बोर्डले सो संबाद विप गरे पछि नेपालमा प्रदर्शन गरिएको थियो ।
यो समाचार पनि पढनुहोस्…









































