११ वर्षपछि स्पेनले जित्यो नेसन्स लिगको उपाधि
दिल्ली, 19 जुन 2023
स्पेनले यूईएफए नेसन्स लिगको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेनले पहिलो पटक उपाधि जितेको हो।
निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगेपछि स्पेन पेनाल्टी सुटआउटमा ५–४ ले विजयी रह्यो । स्पेनी गोलरक्षक उनाइ सिमोनले लोभरो मेयर र ब्रुनो पेटकोभिचको पेनाल्टी प्रहारमा बचाउ गरे । त्यसपछि कारभाजालले निर्णायक गोल गरेका हुन् । स्पेनले सन् २०१२ को युरोयता पहिलो उपाधि जितेको हो ।
क्रोएसिया भने फेरि एकपल्ट आफ्नो देशको इतिहासमै पहिलो उपाधि चुम्न असफल रह्यो । सन् २०१८ को विश्वकपको उपविजेता तथा पछिल्लो विश्वकपमा तेस्रो भएको क्रोएसियाले अहिलेसम्म कुनै पनि उपाधि जित्न सकेको छैन ।
म्यान अफ दि म्याच रोड्रिले भने, ‘हामी धेरै खुसी छौ, यो साञ्चै गाह्रो धेरै गाह्रो थियो।’
स्पेनिस टोलीमा रहेका युवा खेलाडीहरू अंशु फाती, ग्यावी, येरेमी पिनो लगायतका थुप्रै खेलाडीका लागि यो नयाँ सुरुवात हुनसक्छ।