HomeFeatureरामायणको नयाअल्ट्रा मोर्डन रूप, आदिपुरुष

रामायणको नयाअल्ट्रा मोर्डन रूप, आदिपुरुष

रामायणको नयाअल्ट्रा मोर्डन रूप, आदिपुरुष

दिल्ली, 19 जुन 2023

बहुप्रतिक्षित चलचित्र ‘आदिपुरुष’,मा रामको वनवास र अयोध्या फिर्ताको अंश देखाइएको छ । फिल्मको प्रारम्भमा दशरथ र कैकेयी बीचको संवादबाट हुन्छ जहाँ राम, सीता र लक्ष्मण आफ्नो राज्य छोडेर वनवासमा जान्छन् ।वनवासको बेला , लंकापति रावण भिक्षुको रूपमा वनमा सीतालाई अपहरण गर्न आउँछन् र शुर्पणखाको नाक काटेको बदलामा छल गरेर उनलाई अपहरण गरि लैजान्छन्। यहाँ राम र लक्ष्मणले सीताको खोजीमा शबरी हनुमान र सुग्रीवसँग मिलेर रामसेतु बनाउँछन् र सीतालाई लंकाबाट फिर्ता ल्याउन सफल हुन्छन्।

डायरेक्सन
एतिहासिक भारतिय चलचित्र तानाजीबाट राष्ट्रिय अवार्ड पाएका ओम राउतले आजका युवाका लागि रामायण बनाएका छन् । फिल्ममा पनि रावणको अवतार पुरानो परम्परागत भन्दा पनि अति आधुनिक देखिन्छ । प्राविधिक पक्षमा फिल्म सफल हुन सक्छ तर पटकथामा धेरै लूप होलहरू प्रष्ट देखिन्छन् । यस्तो गम्भिर विष्यवस्तुमा यसरी हल्कापनले निर्माताहरुको नियतिमाथि प्रश्न उठन स्वाभाविक हुन्छ ?
उदाहरणका लागि, रामायणको कथा धेरैको लागि भावनात्मक छ, तर यहाँ फिल्म हेर्दा त्यही भावनात्मक तत्व हराइरहेको देखिन्छ। धेरै ठाउँमा कथा फेसबुक वा व्हाट्सएपको फर्वार्ड म्यासेज हेरेर पटकथा बुनेको जस्तो लाग्छ । केही संवादहरू पूर्णतया व्हाट्सएप भाषाको लाइनमा लेखिएका छन्। ‘तेरे बाप की जली’, ‘बाप का बगिचा नही है’ जस्ता पौराणिक कथामा आजको गाली कतिलाई मन पर्छ, त्यो भने हेर्ने कुरा हो । लेखन यो फिल्मको कमजोर पक्ष हो ।

प्राविधिक
फिल्मको सबैभन्दा बलियो पक्ष यसको विएफएक्स प्राविधिक हो। यद्यपि विएफएक्स को प्रयोग यति धेरै छ कि एक बिन्दुमा यो कथा र चरित्र दुवै माथि हावी हुन्छ। रावण रामायणका खलनायक थिए, तर हामीले रामायणमा उनको छवि सकारात्मक रूपमा देखेका छौं। आदिपुरुषको रावण आजको युगको खलनायक जस्तो देखिन्छ। आदिकालबाटै सुनौलो लंकाको प्रस्तुति हिन्दुका लागि आकर्षण र जिज्ञासाको विषय बनेको छ तर यहाँ फिल्ममा त्यो लंका देख्दा डर लाग्छ ।

रावणलाई सर्पले मालिस गर्नु आधुनिक प्रस्तुति हो । हो, फिल्ममा केही यस्ता दृश्य छन्, जसको भिजुअल इफेक्ट देखेर तपाईले पर्दाबाट आँखा हटाउन सक्नुहुन्न । विशेष गरी राम र रावणको अन्तमा लडाइँ पन्ध्र मिनेटको उपचार जस्तै हो। फिल्मको म्युजिक ब्याकग्राउन्ड बलियो छ, रामसेतु बनाउँदा प्रयोग गरिएको संगीतले रौं ठाडो पारिदिन्छ । एकै साथ फिल्मका दुई गीत राम सिया राम र जय श्री राम दमदार छन् । एउटा गीत जहाँ राम र सीताको प्रेम चित्रण गरिएको छ,
उसको शब्द अलिकति खड्किन छ । फिल्मको पहिलो क्रिस्प सम्पादन टेबलमा गर्न सकिन्थ्यो। पहिलो हाफमा सीता(राममा चित्रित गीतको कथामा खासै आवश्यकता थिएन।

अभिनय
बाहुबलीमा प्रभासले बनाएको अभिनयको जादू रामको रूपमा देखिँदैन । केही ठाउँ छोडि कुरा गर्नै हो भने प्रभासको अभिनय पनि दमदार छ भन्न मिल्दैन । तर रावणको भूमिकामा सैफ अली खानले आफनो दमदार अभिनयले मन जितेका छन् ।
उनको दमदार प्रस्तुतीले प्रभासलाई ओझेलमा पारेको छ । उनलेआधुनिक रावणको पात्रलाई जसरी बोकेर हिँडेका छन्, त्यो कथा उनको लागि मात्रै लेखिएको जस्तो लाग्छ । हनुमानको रूपमा देवदत्त नागाको काम पनि दमदार छ। लंकामा गएर आगो लगाउने, संजीवनी बुटीको लागि पहाड उठाउने, जस्ता भारी दृश्यमा पनि उनी जबर्रजस्त् देखिन्छन। जानकीको भूमिकामा कृति सेनन सुन्दर देखिए पनि पर्दामा अभिनेत्री जस्तै देखिने हुँदा सीताको चरित्रको जादुई स्पर्श हराइरहेको देखिन्छ ।
लक्ष्मणको भूमिकामा सन्नी सिंहको काम पनि राम्रो छ । इन्द्रजित र विभीषणको भूमिकामा वत्सल सेठले इमानदारीपूर्वक काम गरेका छन् । अचम्मको कुरा त के छ भने केही कलाकारको अभिनयको अगाडि सीजीआई क्यारेक्टर भारी देखिएका छन् ।

किन हेर्नै
भगवान रामको कथालाई कसरी आधुनिक रूपमा प्रस्तुत गर्न सकिन्छ, त्यसको लागि यो फिल्मले हेर्ने मौका पाउनुपर्छ ।
आदिपुरुष फिल्म हेर्नुको सबैभन्दा ठूलो कारण यसको भव्यता र विएफएक्स हो । चलचित्रका विद्यार्थीहरूले यसबाट सिक्न सक्छन् । अर्को तर्फ, यदि तपाइँ भावनात्मक कोणबाट फिल्म हेर्ने योजना गर्दै हुनुहुन्छ भने, तपाइँ निराश हुनुहुनेछ । हो, एउटा कुरा यो फिल्म सेलुइड स्क्रिनमा मात्रै रमाइलो गर्न सकिन्छ । चलचित्रको प्रभाव कम्प्युटर वा मोबाइल स्क्रिनमा औसत हुनेछ, समग्रमा भन्दा यो फिल्म हेर्नलाई मरिहत्ते गर्नुको कुनै कारण छैन् मात्र टाइमपासको लागि ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...