Homeसमाचारनेपालबजेट निराशा जनक, पक्षपाती: सांसद बास्कोटा

बजेट निराशा जनक, पक्षपाती: सांसद बास्कोटा

बजेट निराशा जनक, पक्षपाती: सांसद बास्कोटा

काठमाडौं, 20 जुन 2023

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले बजेट निराशा जनक, पक्षपाती र मनपरी रहेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटाले यस्तो बताएका हुन्। उनले बजेटमा प्रशस्त असन्तुलन भेटिने टिप्पणी गरेका छन्।

सांसद  बास्कोटाले भने, ‘शहरी विकास मन्त्रालयका उदेश्यमै पनि शहरी जनसंख्यालाई सेवा सुविधा दिने भन्ने छ । तर यसरी सरकारका लक्ष्यहरू परिचालित छन् आफ्नो उदेश्यतर्फ ? हामी जवाफ खोज्दा पछुताउनुपर्ने छ । निराशाजनक छ । र बजेट बिनियोजन पक्षपाति छ, मनपरी छ । असन्तुलन हामी प्रशस्त भेट्न सक्छौँ । एउटा अमूर्त चित्रकला जस्तो । शहरहरू लिएर हामी नयाँ पुस्तालाई नारा बेचिरहेका छौ । नतिजा दिन सकिरहेका छैनौँ ’।

 सांसद

उनले  विकास निर्माणमा सरकारले ध्यान नदिएको भन्दै आपत्ति जनाए। उनले बजेटको न्यायिक वितरण हुनसमेत नसकेको बताएका छन् ।

उनले भने, ‘विकास त्यस्तै हो मोर्च रेशम फिरिरि त्यही गर्ने ? कि बजेट बनाउने ? कुरा त्यही हो । काठमाडौंका प्रस्तावित चार शहर के भए ? बागमती सभ्यताको कुरा कहाँ पुग्यो ? खेलकुदको कुरा पनि लगानी राज्यले पनौतीमा पनि गरेको छ खेलकुदको निम्ती । तर नौ दश करोड पैसा फसेको छ । अहिले शून्य बजेट । के तमासा यो ? देउराली भाकेर दुई जना मन्त्री ज्यूहरूलाई नेतृत्वलाई म देउराली भाक्नु पर्‍यो मन्त्री गुहारेर सकिएन हजुर । चिकर्टोले रूहायो’ ।

शहरी जनसंख्यालाई सेवा सुविधा दिने भनेर नयाँ पुस्तालाई नारा मात्रै बेचिरहेको पनि उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...