Homeसमाचारराजनीतिनक्कली भुटानी शरणार्थी प्रकरण: इतिहासकै ठूलो अनुसन्धान र कारबाही भएको छ

नक्कली भुटानी शरणार्थी प्रकरण: इतिहासकै ठूलो अनुसन्धान र कारबाही भएको छ

नक्कली भुटानी शरणार्थी प्रकरण: इतिहासकै ठूलो अनुसन्धान र कारबाही भएको छ

काठमाडौं, 28 जुन 2023

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाही  भएको छ। सो कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु भएको उनको भनाई छ । आज (बुधबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताए ।

भुटानी शरणार्थी

उनले भने,‘हाईप्रोफाईल व्यक्तिहरु कानूनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनिरहेको बेलामा र त्यसले जनतामा ठूलो आक्रोश जन्माईराखेको बेलामा । त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो । र, नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानबाट सरकारले कानूनको सर्वोच्चता मात्र प्रमाणित गरेको छैन्, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको छ ।’

भुटानी शरणार्थी

लोकतन्त्रभित्र देखापरेका समस्याको समाधान पनि लोकतन्त्रबाट नै प्राप्त हुने कुरा उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसपटक राम्रो मापदण्ड देखाईएको स्पष्ट पारे । उनले अहिलेको शुद्धिकरण अभियान यत्तिमै नरोकिने पनि जिकिर गरे ।

प्रधानमन्त्रीले अर्को वर्षदेखि सांसदहरुको सल्लाहमै बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए।

संसदलाई सम्बोधन गर्दै उनले अर्को वर्षदेखि बजेट निर्माण प्रणालीमा सुधार गर्ने प्रतिवद्धता जनाएका हुन् । बजेट वक्तव्यमै मन्त्रालयगत बजेट सीमा निर्धारण भएपछि फागुन मसान्तबाटै सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेश गर्ने व्यवस्था मिलाउने उल्लेख गरेको प्रचण्डले बताएका छन् ।

‘आगामी वर्षदेखि बजेट निर्माणमा प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा सम्बन्धित क्षेत्रका अन्य सांसदहरु समेतको सल्लाहअनुसार बजेट निर्माण गर्ने परिपाटी सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले आफू नेतृत्वमा सरकार गठन भएको ६ महिना पुरा भएको र त्यसमा धेरै उपलब्धि हासिल भएको दावी गरेका हुन् ।

भुटानी शरणार्थी

उनले आफूले प्रधानमन्त्रीको रुपमा देशको बागडोर सम्हाल्दा मूलुक आर्थिक संकटको अवस्थामा रहेको भएपनि अहिले आर्थिक सुधारको बाटोमा उन्मुख भएको र राहदानी निर्माण, राष्ट्रिय परिचयपत्र लगायतमा देखिएका समस्या समाधान भएको दावी गरे ।

राहादानी लिन त्यस्तै सकस थियो । विचौलीयालाई हजारौं तिरेर र हप्तौं लाईन बसेर ठुलो प्रतिक्षापछि मात्र राहदानी हात पथ्र्यो । अहिले राहादानी विभाग अगाडि भिड छैन । आवेदन दिन कुनै विचौलीया चाहिँदैन,’ उनले भने-‘आफनै मोबाईलबाट निवेदन दिन सकिन्छ । पछिल्ला ७ महिनामा मात्र १८ लाख ४ सय ३१ विद्युतीय राहदानी वितरण भएको छ । राष्ट्रिय परिचय पत्रमा पनि ठुलो सुधार आएको छ ।’

त्यस्तै उनले श्रीलंकाको जस्तो गम्भिर अर्थिक संकटतर्फ उन्मुख मुलुकको अर्थतन्त्रले अहिले राम्रो लय समातेको दावी गरे ।

भुटानी शरणार्थी

‘हामीले सरकार सम्हाल्दा गम्भिर प्रकारका आर्थिक समस्या थियो । एउटा भाष्य बनेको थियो आम रूपमा । नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो,’ उनले भने- ‘यो भाष्य वौद्धिक वर्गमा मात्र सीमित थिएन । आम नागरिकसम्म पनि पुगेको थियो । टेलिभिजन र मोबाइलको स्क्रिनमा छाइरहेको श्रीलंकाको तस्बिरले सिंगो देशलाई आशंकित पारेको थियो । एक हदसम्म त्रसित बनाएको थियो । जतिसुकै निराशावादी पनि श्रीलंकाको दुस्वप्नबाट जागिसकेको छ ।’

उनले आफूले विश्वासको मत माग्दा नै हरेक पटक रिपोर्टकार्डका साथ उपस्थित हुने बाचा गरेको भन्दै सांसदले उठाएका सबै प्रश्नको जवाफ दिने बताए ।

 भुटानी शरणार्थी

प्रधानमन्त्री प्रचण्डले विदेशी मुद्रा सञ्चिति बढेको, व्यापार घाटा कम भएको, गत वर्षको यही समयको तुलनामा पर्यटक दोब्बर बढेकोले अर्थतन्त्र सुधार उन्मुख भएको दाबी गरेका छन्।

 

 

 

 

यो भिडियो पनि हेर्नुहोस्…

  1. रेलबाट खसेर नेपाली पुरुषको मृत्यु 
  2. सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ
  3. ओलीसँग श्वेताको भेट
  4. सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ
  5. ललिता निवास जग्गा प्रकरण
  6. बिजुली बेच्ने नेपालको फाइल भारतले बंगलादेश पठायो

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...